काठमाडौं । नेकपा (एमाले) ले जनादेशलाई कदर गरेर अगाडि बढ्ने निर्णय गरेको छ । विहीबार भक्तपुरको बालकोटस्थित पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको एमाले सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले अबको दिनमा कसरी अगाडि बढ्ने भन्नेबारेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मेवारी दिने निर्णयसमेत गरेको छ । । बैठकमा वर्तमान राजनीतिक परिवेश र समसामयिक राजनीतिक विषयमा गम्भीर किसिमले छलफल भएको बुझिएको छ ।
सरकार गठन र एमालेको भूमिकाका बारेमा समेत छलफल भएको बैठकमा अध्यक्ष ओलीले सरकारका लागि एमालेले मरिहत्ते नगर्ने बताएका छन् ।


