काठमाडौं। आइतबार पोखराबाट जोमसोम जाँदै गर्दा मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटना भएको तारा एयरको ब्ल्याक बक्स भेटिएको छ।
उद्धारका लागि गएको नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघको टोलीले विमानको ब्ल्याक बक्स भेटाएको हो।
दुर्घटनामा परेको विमानको ब्ल्याक बक्सलाई प्राथमिकताका साथ खोजिन्छ। दुर्घटनामा पर्नुअघि पाइटले गरेको कुरानकानी उक्त बक्समा रेकडेड हुने भएका कारण पनि यसलाई प्राथमिकताका साथ खोज्ने गरिएको हो।
दुर्घटनामा परेका २२ जनाकै शव भेटिएको छ ।