काठमाडौं । । सेवाग्राहीसँग घुस लिँदै गर्दा जनकपुरधामस्थित मालपोत कार्यालयका निमित्त प्रमुख सुनिलकुमार झा अख्तियारको फन्दामा परेका छन् । उनलाई आज बिहान घुससहित पक्राउ गरिएको हो ।
सेवाग्राहीबाट ५ लाख रुपैयाँ घुस लिएलगत्तै निमित्त प्रमुख झा पक्राउ परेका हुन् । भानुचौकबाट आज बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले उनलाई पक्राउ गरेको हो । पछिल्लो समय अख्तियार थप सक्रिय देखिएको छ । यसअघि पनि उसले केही कर्मचारीलाई घूससहित रंगेहात पक्राउ गरेको थियो ।