काठमाडौं । आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्ने भएको छ ।
राष्ट्रपति कार्यालयबाट आएको पत्रसहित सांसद सहनाज रहमानको निधनमा शोक प्रस्ताव पारित गरिने बुझिएको छ।
शहनाजको गत शनिबार भक्तपुरको मध्यपुर अस्पतालमा निधन भएको थियो । उनको निधनमा सभामुखले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । शोक प्रस्ताव पारित गरेपछि अन्य कार्यसूचीमा प्रवेश नगर्ने प्रचलन छ ।


