काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा कूटनीतिक मर्यादा विपरीत भाजपा कार्यालयमै गएर भेटवार्ता गर्नु कूटनीतिक मर्यादा विपरीत रहेको भन्दै आलोचना भइरहेकै बेला परराष्ट्रमन्त्री डा. नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिको रुपमा भारतीय जनता पार्टी (भाजपा) को मुख्यालयमा गएको बताउँदै यो कूटनीतिक मर्यादा अनकूल नै भएको बताएका छन्
आइतबार साँझ भारत भ्रमणबाट स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै डा. खड्काले देउवा प्रधानमन्त्री भएर नभई नेपाली कांग्रेसको सभापतिको हैसियतमा भाजपा मुख्यालय गएको बताएका हुन् ।
उनले कांग्रेस सभापतिका हैसियतमा प्रधानमन्त्री देउवाले भाजपाको कार्यालयमा आउनु मर्यादाविपरीत नभएको दाबी गरे ।