काठमाडौं । स्थानीय निर्वाचनको परिणाम आउने क्रममा आइतबार बिहानसम्म २१ पालिकाको अन्तिम मतपरिणाम आएको निर्वाचन आयोगले जनाएको छ। मत परिणाम सार्वजनिक भएका २१ पालिकामध्ये नेपाली कांग्रेस ८ पालिकामा विजयी भएको छ भने नेकपा एमालेले पनि ८ वटा पालिकामा नै विजय हासिल गरेको छ ।
नेकपा माओवादी केन्द्रले तीन पालिकामा जित निकालेको छ भने र नेकपा एकीकृत समाजवादी २ पालिकामा विजयी भएको छ
जारी मतगणनाको प्रारम्भिक नतिजा अनुसार नेपाली कांग्रेसले दुई सयभन्दा बढी स्थानीय तहमा अग्रता लिएको छ। यस्तै नेकपा एमालेले डेढ सयभन्दा बढी स्थानीय तहमा अग्रता लिएको निर्वाचन आयोगको भनाइ छ।
त्यसै गरी नेकपा माओवादी केन्द्रले एक सय स्थानमा अग्रता लिँदा अन्य दल र स्वतन्त्रका उम्मेदवार ५० बढी ठाउँमा अगाडी छन्।