काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक मेलम्चीका बाढिपीडित १५० घर परिवारलाई आज राहत वितरण गरेका छन् ।
बाढिले गर्दा सर्वस्व गुमाएका मेलम्चीवासीलाई आसन्न बढादसैंको लागि आवश्यक खाद्य सामग्री मासु, तेल, दाल,मसला लगायत वितरण गरिएको हो ।
बाढीमा सबै गुमाएका पीडितहरु दशै कसरी मनाउने भन्ने चिन्तामा रहेका बेला कांग्रेसले सहयोग गरेको हो । राहत वितरण कार्यक्रममा बोल्दै नेता बस्नेतले नेपाली कांगेस सदैव जनताको सेवामा समर्पित पार्टी रहेको बताउँदै बाढिपिडितहरुको घाउमा मलम लगाउन पाउँदा आफूलाई आनन्द लागेको बताए ।
उनले कम्युनिष्टहरुले मेलम्ची नगरपालिकामा बाढी पिडीतलाई भनेर आएको पैसा समेत नदिएको बस्नेतको आरोप लगाए । कांग्रेसले आफ्नो करिव १ करोड २० लाख लगानीमा हेलम्बुमा ३० घर बनाउने समेत घोषणा गरेको युवा नेता युधिर पौडेलले जानकारी दिए ।
गत असार १ गते मेलम्ची खोलामा बाढी आउँदा यहाँ धनजनको ठूलो क्षति भएको थियो ।