काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग एकताको तयारी भइरहेको बताएका छन् ।
सुर्खेतमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्न सुर्खेत पुगेका उनले पत्रकार सम्मेलनमा बोल्दै समाजवादीसँग पार्टी एकताको तयारी भइरहेको बताएका हुन् ।
त्यसका लागि केही समयपछि पार्टी एकता संयोजन समिति बन्ने सम्भावना रहेको उनले बताए ।
उनका अनुसार चुनावको घोषणापत्र एउटै हुनेछ । उनले भने,‘ त्यहाँ घोषणापत्र एउटै हुनेतिर हाम्रो प्रयास भइरहेको छ । तर पनि चुनाव चिन्ह आफनो आफनै हुन्छ ।’


