काठमाडौं । सरकारले नयाँ सहकारी संस्थाको दर्तामा रोक लगाएको छ। मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पछिल्लो समय ठूला बचत स्वीकार गर्ने र जोखिमयुक्त लगानी गर्ने प्रवृत्ति वृद्धि हुँदै गएको भन्दै सहकारी संस्थाका सदस्य तथा बचतकर्ताको बचत फिर्ता हुन नसक्ने अवस्था सिर्जना भएको जनाएको छ
यो क्षेत्रमा जोखिम बढ्दै गएकाले महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका कार्यक्षेत्र बनाएर बचत तथा ऋणको मुख्य कारोबार गर्ने गरि संघ, प्रदेश र स्थानीय तहबाट कुनै पनि प्रकृतिको सहकारी संस्थाको दर्ता, कार्यक्षेत्र विस्तार तथा सेवा केन्द्रको स्वीकृतिमा रोक लगाउने निर्णय गरिएको मन्त्रालयले जनाएको छ।


