काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अखण्ड भारतको नक्साले नेपाल र भारतबीच कूटनीतिक समस्या ल्याउन सक्ने टिप्पणी गरेका छन् ।
सत्ता गठबन्धनमा समेत रहेका उनले मंगलबार बिहान आफ्नो सामाजिक संजाल ट्विटरमा लेख्दै भारतका नेपाल लगायतका छिमेकीहरुसगको सम्बन्धमा नयाँ नक्साले थप अविश्वास ल्याउने उल्लेख गरेका छन् ।
‘भारतको भर्खरै उद्घाटन गरिएको नयाँ संसद् भवनमा ‘अखंड भारत’ को विवादास्पद भित्ते चित्रले नेपाललगायत छिमेकीमा अनावश्यक र हानिकारक कूटनीतिक विवाद निम्त्याउन सक्छ, यसले भारतका निकटतम छिमेकीहरू बीचको द्विपक्षीय सम्बन्धलाई पहिले नै बिगार्ने विश्वासको घाटालाई अझ बढाउने सम्भावना छ,’ उनले भनेका छन्, ‘भारतीय राजनीतिक नेतृत्वले यस भित्तेचित्रको वास्तविक अभिप्राय र प्रभावलाई समयमै खोलेर सञ्चार गर्नु बुद्धिमानी हुनेछ।’
नेपाल र भारतका प्रधानमन्त्रीको ट्विट ह्यान्डललाई मेन्सन गर्दै भट्टराईले भारतले नयाँ अखण्ड भारतको नक्साको उदेश्य बारेमा बेलैमा संचार गर्न आग्रह गरेका छन् ।


