काठमाडौं । आगामी मंसिर ४ गते हुने चुनावका लागि नेकपा (एमाले(ले आज घोषणापत्र सार्वजनिक गर्ने भएको छ। एमालेले आज दिउँसो साढे १ बजे घोषणापत्र सार्वजनिक गर्ने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।
एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा र सङ्कल्पलाई आत्मसात् गर्दै घोषणापत्र आउने जनाएको छ। एमालेको चुनावी घोषणापत्र निर्माणका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा मस्यौदा समिति गठन गरिएको थियो। उक्त समितिले आएका सुझावलाई समेटेर अन्तिम रूप दिएको हो। पार्टीको घोषणा पत्र सार्वजनिक भएपछि अध्यक्ष केपी शर्मा ओलीसँग लाइभ डिबेट पनि हुनेछ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) दलहरुले यसअघि नै आफ्ना घोषणापत्र सार्वजनिक गरिसकेका छन्।


