काठमाडौं । आफू प्रधानमन्त्रीमा नियुक्त भएपछि सोमबार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सरकारका सरकारहरुसँग छलफल गरेपछि आज भने सरकारका सचिवहरूलाई निर्देशन दिने भएका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रचण्डले सचिवहरूको रिपोर्ट सुनेपछि आज निर्देशनात्मक सम्बोधन गर्ने तयारी गरेका हुन् । “प्रधानमन्त्रीज्यूले सचिवहरूको कुरा र उहाँहरूको रिपोर्ट सुन्नु भएको छ । यसैका आधारमा आज प्रधानमन्त्रीले निर्देशनात्मक सम्बोधन गर्ने कार्यसूची छ,” सचिवालयले भनेको छ ।


