काठमाडौं । सरकारसँग आज बिहान वार्ता भएसँगै यातायात मजदुर र व्यवसायीले घोषणा गरेको आन्दोलन फिर्ता गरेका छन् ।
मंगलबार बिहान भएको वार्तापछि तत्काल आन्दोलन फिर्ता लिएर कार्यदलमार्फत सहमति गर्न व्यवसायीहरु सहमत भएका हुन्।
यसअघि यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजगत्वमा बनेको कार्यदलमा मजदुर संघका सदस्यहरु थपिएको छ। नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात मजदुर सङ्घले सोमबार नयाँ बसपार्क क्षेत्रमा तोडफोड र आगजनी गरेको थियो।
लगत्तै आज सार्वजनिक यातायात बन्द गर्ने घोषणा गरेका उनीहरु मंगलबार बिहान सरकारसँग वार्तामा जुटेका थिए।


