काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्रको रुपान्तरण गर्ने गरि आगामी आर्थिक वर्षको बजेट ल्याएको बताएका छन्। मन्त्री पुनले आज आर्थिक पत्रकार संघले आयोजना गरेको कार्यक्रममा यस्तो बताएका हुन् ।
उनले बजेटमा प्रतिपक्षी दलहरूको समेत सकारात्मक प्रतिक्रियाले आफू थप उत्साहित भएको धारणा राखे। सदनमा लगातार प्रतिपक्षीको विरोधका बजेट बजेट ल्याउन निकै गाह्रो अवस्था रहेपछि अन्तिम प्रधानमन्त्रीको पहलले सदनको गतिरोध अन्त्य भएको र तथ्यमा आधारित बजेट ल्याउन सकिएको उनले बताए। मन्त्री पुनले स्वदेशी उत्पादनलाई सुरक्षित राख्दै उद्योगहरूलाई पनि संरक्षण गर्ने नीति सरकारले लिएकाले निजि क्षेत्र आतिनुपर्ने अवस्था नरहेको धारणा राखे।
उनले करका दर हेरफेरमा मिश्रित प्रतिक्रिया आएको भन्दै निजि क्षेत्रसँग छलफल गर्दै अघि बढ्ने जिकिर गरे।