काठमाडौं । सत्ता साझेदार दल नेकपा एमालेले बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ।
मंगलबार बिहान ११ बजे बस्दैछ । आजको प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेट पारित गर्ने कार्यसूची छ।
बैठक सुरु हुनुअघि संसद्मा अनिवार्य उपस्थिति भएर बजेटको पक्षमा मतदान गर्न एमाले प्रमुख सचेतक महेश बर्तौलाले ह्विप जारी गरेका हुन्।
गएको जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको लागि १८ खर्ब ६० अर्बको बजेट प्रस्तुत गरेको थियो।