काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
ओलीलाई भेट्न देउवा शनिबार दिउँसो पत्नी आरजुसहित बालकोट पुगेका थिए ।
उनीहरुबीच दुई घण्टाभन्दा धेरै कुराकानी भएको बताइएको छ । दुई ठूला दलका शीर्ष नेताहरुबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।