जसपा नेपालको केन्द्रीय सदस्य छान्ने जिम्मेवारी अध्यक्ष यादवलाईकाठमाडौं । जसपा नेपालको महाधिवेशनमा निर्वाचन नहुने भएको छ । महाधिवेशनले अध्यक्ष उपेन्द्र यादवलाई केन्दीय सदस्य छान्ने अधिकार दिएको हो ।
महाधिवेशनको हलमा यादवले निर्वाचन हुने हो भने समावेशी नेतृत्व निर्वाचित हुन नसक्ने बताएका थिए । ‘चुनाव हुने हो भने हिमाल र पहाडका एकदुई जनाभन्दा बढी निर्वाचित हुने सम्भावना कम छ । किनकि, पार्टीको मुख्य आधार तराईरमधेस हो । त्यस्तो अवस्थामा हामी कसरी पार्टीलाई सबै जातजाति, भाषा, धर्म, लिंगको प्रतिनिधित्व हुने गरी समावेशी बनाउन सक्छौरु’, यादवको भनाइ थियो ।