काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटको अन्तिम खेलमा नेपालले बंगलादेशसँग हार ब्यहोरेको छ । नेपाल २१ रनले पराजित भएको हो ।
सोमबार बिहान किङ्सटाउनस्थित आर्नोस भेल स्टेडियममा टस हारेर सुरुमा ब्याटिङ गरेको बंगलादेशले १९।३ ओभरमा अलआउट हुँदै १०६ रन बनाएको थियो। बंगलादेशले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपाल पुरै १९.२ ओभरमा ८५ रन बनाएर अलआउट भएको हो।
यो हारसँगै नेपाल एक अंक जोड्दै विश्वकपबाट स्वदेश फर्किने भएको छ। बंगलादेश भने विश्वकपको सुपर ८ प्रवेश गरेको छ।
नेपालका लागि कुशल मल्लले ४० बलमा सर्वाधिक २७ रन जोडे। उनले एक चौका र एक छक्का प्रहार गरे।
दीपेन्द्र सिंह ऐरीले २५ रन बनाए। ३१ बलको सामना गर्दै दुई चौका र एक छक्का हिर्काए। ओपनर आसिफ शेखले १४ बलमा १७ रन बनाए।
नेपाललाई सस्तैमा समेट्न बंगलादेशका तान्जिम हसन साकिबले चार विकेट लिए । चार ओभरमा दुई मेडेन राख्दै उनले मात्र सात रन खर्चिए नेपालको महत्त्वपूर्ण चार विकेट लिएका हुन् । मुस्तफिजुर रहमानले चार ओभरमा सात रन खर्चेर तीन विकेट लिँदा साकिब अल हसनले दुई विकेट लिए ।
नेपालविरुद्ध सुरुमा ब्याटिङ गरेको बंगलादेशका सकिब अल हसनले सर्वाधिक १७ रन बनाए । महमुदुल्लाह र रिसाद होसैनले १३र१३ रन जोडे । नेपालको कसिलो बलिङविरुद्ध १०६ बलमा अलआउट हुँदा बंगलादेशका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेका थिएनन् ।
नेपाली टोलीका बलर सोमपाल कामी, रोहित पौडेल, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले दुईरदुई विकेट हात पारे। नेपालले बंगलादेशका दुई ब्याट्सम्यानलाई रनआउट गरेको थियो।