काठमाडौं । नेकपा एमाले काभ्रेपलाञ्चोक जिल्ला अध्यक्षमा राजन भुर्तेल निर्वाचित भएका छन् ।
अध्यक्षका प्रतिस्पर्धी चन्द्रबहादुर लामालाई ८१ मतले पछि पार्दै भुर्तेल विजयी भएका हुन् । जिल्ला कमिटी उपाध्यक्षमा देवसागर लामा, सचिवमा राजकुमार सापकोटा, उपसचिवमा रत्नकुश रञ्जीतकार र सूर्यमाया दनुवार निर्वाचित भएको छ ।
मतदानमा छ सय ७९ जना सहभागी भएका थिए । धुलिखेलमा आयोजित अधिवेशनको पार्टी अध्यक्ष केपी ओलीले उद्घाटन गरेका छन् ।