काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु पुनः वामपन्थी एकताको प्रक्रियामा अघि बढेको बताएका छन् । उनले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जगतबहादुर बोहराको जीवनी तथा संस्मरण लोकार्पण कार्यक्रममा यस्तो बताएका हुन् ।
वामपन्थी एकतालाई सफल पार्न आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा उनले जोड दिए । नकारात्मक भाष्य चिर्ने र जनताका पक्षमा अझ राम्रा काम गरेर आशा र भरोसा जगाउनेतिर केन्द्रित हुनुपर्ने उनले उल्लेख गरे ।