काठमाडौं । आज ४ प्रदेशका केही स्थानमा पानी पर्ने जल तथा मौसम विभागले जनाएको छ । अहिले कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभागमा मनसुनी प्रणालीको प्रभाव विस्तार भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसैगरी लुम्बिनी प्रदेशका पूर्वी भूभागमा पनि मनसुनी प्रणालीको प्रभाव छ भने बाँकी भूभागमा स्थानीय वायु र पश्चिमि वायुको आंशिक प्रभाव रहेको छ।
यतिबेला (शुक्रबार बिहान) कोसी प्रदेशमा आंशिकदेखि साधारणतया बदलीको अवस्था छ भने बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।
अहिले गण्डकी प्रदेशका थोरै तथा कोसी, मधेस र बागमती प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका सबै र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने छ।