काठमाडौं । अन्ततः महानगर प्रहरी पछि हटेपछि न्युरोडमा काठमाडौं महानगरले काटेको सडक सडक डिभिजन कार्यालयले धमाधम कालोपत्रे गरिरहेको छ।
महानगर प्रहरी पुगेपछि भएको तनावकाबीच अहिले विभागले कालोपत्रेको काम गरिरहेको छ। कालोपत्रे गर्दैगर्दा स्थानीय र महानगर प्रहरीबीच केहीबेर तनाव भएको थियो।
अवरोधकैबीच सडक विभागका कर्मचारीहरूले न्युरोडमा सडक पिचको काम अघि बढाएका छन्।


