काठमाडौं । आज बिहान रामेछापबाट काठमाडौंतर्फ आउँदै गरेको बस रामेछापको लिखु तामाकोसीमा दुर्घटनामा परेको छ।
बा ५ ख ५६२५ नम्बरको बस लिखु तामाकोसी गाउँपालिका(६ खिम्ति केउरिनीस्थित बिर्ताडाँडा भन्ने ठाउँमा दुर्घटना हुँदा १० जनाजति घाइते भएका जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कौशल न्यौपानेले बताए ।
दुर्घटनामा बसका चालक हिराधर खत्री, यात्रु सविना श्रेष्ठ, मानबहादुर श्रेष्ठ, टेकनारायण श्रेष्ठ, शंखकुमारी तामाङ, सुजाता श्रेष्ठ र झलक श्रेष्ठ घाइते भएका छन्। घाइते सबै स्थानीय हुन्।


