काठमाडौं । नेपाली कांग्रेसले अब एमालेको अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ ।
शनिबार संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले सहमतिअनुसार अब बन्ने नयाँ सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने र त्यस्तो सरकार संविधानको धारा ७६९२० बमोजिम गठन हुने दाबी गरेको हो।
संविधानको धारा ७६ (२) मा प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने प्रावधान छ।
बैठकले एमालेसँग भएको सहमति कार्यान्वयनमा दृढ रहेको निष्कर्ष निकालेको कांग्रेस मुख्य सचेतक रमेश लेखकले जानकारी दिए।