काठमाडौं । नेकपा एमालेका सांसद सांसद ठाकुर गैरेले प्रधानमन्त्री पुष्पकमल दाहाल अल्पमतमा परेकाले तुरन्तै राजीनामा दिनुपर्ने बताएका छन् । सांसद गैरेले सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै यस्तो धारणा ब्यक्त गरेका हुन् ।
“लोकतान्त्रिक शासनमा सरकार अल्पमतमा परेपछि, बहुमत गुमाएपछि कुनै धारा उपधारा खोज्नु पर्दैन, नैतिक रूपमा सरकार एक मिनेट हैन, सेकेन्ड पनि बस्ने नैतिक आधार रहँदैन,” उनले भने, “तत्काल नयाँ सरकार बनाउन सहज बनाउन अनुरोध गर्दछु ।”
उनले अल्पमतमा परेका प्रधानमन्त्रीलाई तुरुन्त राजीनमा दिन र दुईतिहाइको सरकार बनाउने मार्गप्रशस्त आग्रह गरे ।