काठमाडौं । नेपाली कांग्रेसले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न दाधिकारी बैठक बोलाएको छ ।
सभापति देउवाको निवास बूढानीलकण्ठमा पदाधिकारी तथा पूर्वपदाधिकारीसहित बैठक बस्नेछ । सभापति देउवाले गत शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि पदाधिकारी बैठक बोलाएका हुन् ।
सभापति देउवाले शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटवार्ताका सन्दर्भमा छलफल हुने कांग्रेसका एक पदाधिकारीले बताए । ‘
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले आगामी केन्द्रीय समिति बैठकका सन्दर्भमा छलफल हुने बताए ।