काठमाडौं । कांग्रेसले मंगलबार पार्टी कार्यालय सानेपामा गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीमा आयोजना गरेको फोटो प्रदर्शनीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओली सहभागी भएका छन् ।
पूर्वप्रधानमन्त्री तथा कांग्रेसका पूर्वसभापति स्वर्गीय कोइरालाको स्मृतिमा क्रान्तिदेखि शान्तिसम्म ऐतिहासिक फोटो प्रदर्शनी गरिएको हो ।
नेपाली काँग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको आयोजनामा पार्टी केन्द्रीय कार्यालय ललितपुरमा ‘क्रान्तिदेखि शान्तिसम्म’ नाम दिइएर ऐतिहासिक फोटो प्रदर्शनी गरेको हो। फोटो प्रदर्शनीको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरे।