काठमाडौं । दुई ठूला दल एक ठाउँमा उभिएर आलोपालो सरकारको नेतृत्व गरेर अगाडि जाने निर्णय गरिएको बताएका छन् । नेता कोइरालाले मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा यस्तो बताएका हुन् ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अब गठन हुने नयाँ सरकार संविधानको धारा ७६ (२) अनुसार नै हुने दाबी गरे ।
कांग्रेस कार्यसम्पादन समिति र संसदीय दलको बैठकले ७६ (२) अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने निर्णय गरेको छ ।
कांग्रेस र एमालेबीच आलोपालो सरकारको नेतृत्व गर्ने गरी १७ असारमा सहमति बनेको थियो ।