काठमाडौं । नेकपा एसको नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनले आज नयाँ नेतृत्व चयन गर्दैछ ।
एकीकृत समाजवादीको अध्यक्ष पदमा हालका अध्यक्ष माधव कुमार नेपाल र महासचिव घनश्याम भूसाल दाबेदार छन् ।माधव नेपालले अध्यक्ष पद नछाड्ने भएपछि झलनाथ खनाल पक्षले भुसाललाई अघि सार्न लागेको हो ।
नेतृत्व चयन सकेसम्म सहमतिमा र सहमति नभए मतदानमार्फत् गर्ने तयारी गरिएको छ । महाधिवेशनको तेस्रो दिन हिजो महाधिवेशनमा प्रस्तुत गरिएका विभिन्न दस्तावेज अनुमोदन गरिएको थियो ।
महाधिवेशन प्रतिनिधिद्वारा राजनीतिक, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजलाई सुझावसहित अनुमोदन गरिएको पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।