काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले रञ्जिता श्रेष्ठ (चौधरी)लाई संसदीय नेताबाट हटाएको छ ।
पार्टी अध्यक्ष समेत रहेकी श्रेष्ठलाई हटाएर बहुमत सांसदले गंगाराम चौधरीलाई दलको नेता चयन गरेका हुन्।
प्रतिनिधिसभामा चार जना सांसद रहेको नाउपामा रेशम र रञ्जिताबीच राजनीतिक रुपमा तीव्र मतभेद छ। सांसद गंगा चौधरी, अरुण चौधरी र लालवीर चौधरी (रेशम चौधरीका बुबा) रञ्जिता श्रेष्ठलाई दलको नेताबाट हटाएका हुन्।
गंगा चौधरीलाई दलको नेता चयन गरेपछि प्रमुख सचेतकको जिम्मेवारी लालवीर चौधरीलाई दिइएको छ।