काठमाडौं । आज बिहान ८ बजे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठक बस्दैछ । आजको बैठकको मुख्य एजेण्डाको रुपमा निलम्बित महामन्त्री डा.मुकुल ढकालमाथिको कारबाहीबारे निर्णय रहेको छ।
पार्टीको विधानले कारबाहीसम्बन्धी निर्णय लिन केन्द्रीय समितिको बैठक अनिवार्य गरेको छ।
ढकालमाथि छानबिन गरी अनुशासन आयोगले प्रतिवेदन तयार पारिसकेको छ। उक्त प्रतिवेदन अनुशासन आयोगका प्रमुख डा भरत देवकोटाले सभापति रवि लामिछानेलाई बुझाइसकेका छन्।
गत मंगलबार बसेको केन्द्रीय समिति बैठकले ढकाललाई ७ दिनका लागि निलम्बन गरी आवश्यक छानबिनका लागि अनुशासन आयोगलाई जिम्मा दिएको थियो।