अहिले (शुक्रबार बिहान) देशभरको मौसम साधारणदेखि पूर्णतया बदलीको अवस्थामा छ। कोसी, मधेस र बागमती प्रदेशका एकदुई स्थान तथा बाँकी प्रदेशका केही स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो पनि देशभरको मौस साधारणदेखि पूर्णतया बदलीकै अवस्थामा रहने छ। सबै प्रदेशका केही स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा दिउँसो भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति पनि देशभरको मौसम साधारणदेखि पूर्णतया बदली रहने छ ।