काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन गर्दा सबै राजनीतिक दलहरूबीच संवाद र सहमति गर्ने दृढता ब्यक्त गरेका छन् ।
आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत माग्दै प्रतिनिधि सभाको रोष्ट्रमबाट उनले संविधान संशोधन गर्दा लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशीतालाई थप सुदृढ गर्ने बताए।
‘संविधान संसोधन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशीतालाई थप सुदृढ गरिने छ। संविधान संसोेधन गर्दा नेपालमा क्रियाशिल सबै राजनीतिक दलहरूबीच संवाद र सहमतिबाट गर्न उचित हुन्छ भन्ने विषयमा हामी स्पष्ट छौँ,’ देउवाले भने।


