काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा नेताहरूले उठाएको प्रश्नबारे मंगलबार अध्यक्ष प्रचण्डले जवाफ दिने भएका छन् । उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा पदाधिकारीमा रहेका नेताहरूले आफ्नो धारणा राख्ने क्रम सकिएको जानकारी दिए।
उनका अनुसार बैठकमा अधिकांश नेताले पार्टी वर्गीय धरातलमा फर्किनुपर्ने, शुद्धीकरणलाई प्रभावकारी रूपमा कार्यान्वयन गरेर सङ्गठन निर्माण र जनपरिचालन गर्नुपर्नेमा जोड दिएका थिए।
संगठन निर्माणका लागि सरकारबाट बाहिरिएपछिको अवस्था सकारात्मक रहेको भन्दै नेताहरूले त्यसका लागि माथिबाटै पहल गर्नुपर्ने बताएका थिए। शुक्रबारदेखि सुरु भएको बैठकमा आजसम्म १८ जना नेताले आफ्नो धारणा राखेका थिए।


