काठमाडौं । नेपाल प्रहरीले गएको आर्थिक वर्षमा प्रहरी कर्मचारीविरुद्ध ६७० उजुरी परेको जनाएको छ । आइतबार पत्रकार सम्मेलनमा प्रवक्ता डीआईजी दानबहादुर कार्कीले यस्तो जानकारी गराएका हुन् ।
सातवटा प्रदेश र उपत्यकामा गरी उक्त उजुरी परेको प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्कीले जानकारी दिए । उजुरी पर्ने प्रहरीहरूमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)सहित त्यसभन्दा तल्लो तहका प्रहरी अधिकारी छन् ।
डीआईजी कार्कीका अनुसार गएको आर्थिक वर्षमा एकजना एसएसपी, एक एसपी, दुई डीएसपी र ६ प्रहरी निरीक्षक छन् । अन्य जुनियर प्रहरी अधिकारी र प्रहरी जवान छन् । उजुरी पर्नेमा काठमाडौं उपत्यकामा पनि धेरै रहेको पाइएको छ ।


