काठमाडौं । आज देशभर वर्षा हुनसक्ने जल तथा मौसम विभागले जनाएको छ ।
यतिबेला (बिहीबार बिहान) देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था छ। कोसी, बागमती, लुम्बिनी, कर्णाली र सूदुरपश्चिम प्रदेशका थोरै स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभरको मौसम साधारणदेखि पूर्णतया बदली रहने छ। देशैभरका केही स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा दिउँसो भारी वर्षाको पनि सम्भावना रहेको छ।


