काठमाडौं । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा दुई दिने भ्रमणका लागि भारतीय विदेश सचिव विक्रम मिश्री आज नेपाल भ्रमणमा आउँदै छन्।
नेपाल बसाइका क्रममा विदेश सचिव मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री डा। आरजु राणा देउवासहित शीर्ष नेताहरूलाई भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। विदेश सचिव मिश्रीले समकक्षी सेवा लम्साल र परराष्ट्रका उच्च अधिकारीहरूसँग पनि भेट्ने कार्यक्रम छ।
विदेश सचिव मिश्रीको नेपाल भ्रमण नियमित भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।
मिश्री गत असार १४ गते भारतको विदेश सचिवमा नियुक्त भएका थिए।


