काठमाडौं । चितवनको सिमलताल बस दुर्घटनाको विषयमा अध्ययन गर्न बनेको कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ । कार्यदलले आज गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाएको हो ।
गृहमन्त्री लेखकले सिमलताल घटनाको विस्तृत अध्ययनका लागि गृह मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन गरेका थिए ।
सो कार्यदलले प्रतिवेदन पेस गर्दै विपद् व्यवस्थापनलगायत सवारी दुर्घटना न्यूनीकरणको प्रभावकारी व्यवस्थापनका लागि सरोकारवाल निकाय जिम्मेवारीका साथ पहल गर्नुपर्नेमा रायसमेत दिएको छ ।


