काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पछिल्लो समय मुलुकको अर्थतन्त्र सुधार हुँदै गएको दाबी गरेका छन् ।
उनले सोमबार बुटवल उद्योग वाणिज्य संघ रूपन्देहीको ७१ औं वार्षिक साधारण सभालाई बुटवलमा सम्बोधन गर्ने क्रममा यस्तो दावी गरेका हुन् ।
‘मुलुकमा स्थिर सरकार नहुँदा विकास र समृद्धिमा चुनौती देखिएका छन्,’ उनले भने, संसदका दुई ठुला दलहरू एकै ठाउँमा उभिएपछि स्थिरता, विकास र समृद्धिको लागि जनतामा आशाको सञ्चार भएको छ ।’ सरकार संसदको बाँकी अवधिको पुरा कार्यकाल जाने पनि उनले दाबी गरेका छन् ।
एमालेका उपाध्यक्षसमेत रहेका नेता पौडेलले बुटवल पूर्वपश्चिम र उत्तर दक्षिणकोसमेत ट्रान्जिट भएकाले आर्थिक हवको रुपमा विकास हुने गरी सरकारले काम गरिरहेको बताए ।


