काठमाडौं । बाढी पहिरोलगायतका विपद्मा परेर अहिलेसम्म १४८ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार विपद्मा परेर बागमती प्रदेशमा ८६, काठमाडौं उपत्यकामा मात्रै ४३, कोशी प्रदेशमा १६ र मधेश प्रदेशमा ३ गरेर १४८ जनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार विपद्मा परेर बागमती प्रदेशमा ६८, काठमाडौं उपत्यकामा १८, मधेश प्रदेशमा ९, कोशीमा ६ गरेर १०१ जना घाइते भएका छन् ।
काठमाडौं उपत्यकामा २ हजार १५५, गण्डकी प्रदेशमा ९९७, बागमतीमा ३८४, कोशीमा ९० र मधेशमा ३५ गरेर ३ हजार ६६१ जनाको उद्धार गरिएको छ । बाढीपहिरोमा परी ५५ जना बेपत्ता रहेको र बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।