काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्का बेला सरकारले प्रभावकारी काम गरेको दाबी गरेका छन्। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएका प्रधानमन्त्री ओली १० दिनपछि आज स्वदेश फर्कने क्रममा त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसामु यस्तो बताएका हुन् ।
उनले केही मान्छेहरूले सरकारले प्रभावकारी उद्धार गर्न सकेन भनेर विरोधका लागि विरोध मात्रै गरेको समेत आरोप लगाए।
त्रिभुवन विमानस्थलमा प्रधानमन्त्रीले रेड अलर्ट जारी गरे पनि पहिरो कहाँ कहाँ जान्छ भनेर पूर्वानुमान नभएको बताए ।
‘सरकारले गर्न सक्ने जति प्रयास तत्काल मिटिङ बसेर सेना र प्रहरी खटाएर उद्धार कार्य गरिरहेको छ,’ उनले भने, ‘अब बाढी आउनु कुनै रोकिने कुरा थिएन । उद्धार गर्नु, राहत पुर्याउनु महत्वपूर्ण हो,’ उनले भने ।