काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व अर्थमन्त्री वर्षमानपुन नियमित स्वास्थ्य जाँचका लागि चीन गएका छन् ।
उनी दिउँसो १२ बजे एअर चाइनाको उडान नम्बर ४३८ मार्फत पत्नी ओनसरी घर्तीमगरसहित चीन प्रस्थान गरेका हुन् ।
पुनको सचिवालयले उनी आगामी २५ गते फर्कने बताएको छ । वंशाणुगत जण्डिसको समस्या देखिएका उपमहासचिव पुनले यसअघि पनि चीनमा उपचार गराउँदै आएका छन् ।