काठमाडौं । सरकारले बाढीबाट प्रभावित आवास गुमाएकाहरुलाई अस्थायी आवास निर्माण गर्न ७ दिनभित्र राहत उपलब्ध गर्ने भएको छ । अस्थायी अवास बनाउन पहिलो किस्ता निकासा गर्ने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।
उनले भने, ‘जिल्ला विपद् व्यवस्थापन समितिबाट ७ दिनभित्र पहिलो किस्ता निकासा दिने निर्णय भएको छ ।’