काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस अब आगामी चुनावमा आफ्नो पार्टीले अरु राजनीतिक दलसँग चुनावी तालमेल नगर्ने बताएका छन् । उनले सोमबार बीपी जन्मजयन्ती अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसले चुनाव हार्ने दलले चुनावी गठबन्धन नगर्ने एकमतले संकल्प गरेको बताए ।
उनले भने, ‘महासमिति बैठकपछि हामी सबै एउटै ठाउँमा पुगेका छौं। कांग्रेसले यो भन्दा अगाडि जीवनमा राजनीतिक यात्रामा निर्वाचन लड्छ। पटक पटक लड्छ निर्वाचन जित्ने आकांक्षा पनि राख्छ। जित्ने प्रयत्न पनि गर्छ,। तर त्यो निर्वाचन जितिन्छ कि हारिन्छ भन्ने डरले आफ्नो चुनाव चिन्ह छाडेर रुख भन्दा अर्को चुनाव चिन्हको भारी कांग्रेसले बोक्दैन भन्ने कुराको संकल्प गरेको छ। यो आफूलाई सच्चाएको हो ।’


