काठमाडौं । जल तथा मौसम विभागले आइतबार बिहानसम्मै लगातार पानी पर्ने जानकारी दिएको छ ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार केही ठाउँबाहेक मुलुकभर निरन्तर पानी परिरहेको हो।
‘दार्चुला र आसपासका क्षेत्रमा पानी केही कम परेको छ, त्यता एकरदुई स्थानबाहेक देशका सबै ठाउँमा वर्षा भइरहेको छ, कतिपय स्थानमा त २४ घण्टाभन्दा बढी पनि भइसकेको छ, तर देशका अधिकांश स्थानमा २४ घण्टादेखि लगातार वर्षा भइरहेको छ’ उनले भनिन्।
मौसमविद् कँडेलका अनुसार भोलि शनिबार दिउँसोदेखि केही स्थानमा मौसम सुधार हुने सम्भावना रहे पनि देशका अधिकांश स्थानमा आइतबार बिहानसम्म झरी रोकिने संकेत देखिएको छैन।


