काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी भएर प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कर्दैछन् ।
यही असोज ४ गते अमेरिका गएका ओली पूर्वनिर्धारित भ्रमण सकेर आज नेपाल फर्कन लागेका हुन् ।
उनी आज पौने पाँचबजे दोहा हुँदै काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने सचिवालयले जनाएको छ ।


