काठमाडौं । केही दिनदेखि लगातार वर्षा भएर धेरै धनजनको क्षति भएपछि आज (आइतबार)बाट भने मौसममा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
तर पनि वर्षा भने जारी नै रहने भएकाले सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।
महाशाखाले जारी गरेको सूचनामा भनिएको छ-विगत केही दिनदेखि देशभरको मौसमी अवस्थामा आजबाट सुधार हुने सम्भावना छ। आगामी तीन दिनका लागि भारी वर्षाको सम्भावना न्यून छ।


