काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस–एमाले ठूला दुई दलको सरकार बनेपछि जनतामा आशाको नयाँ सञ्चार भएको बताएका छन् । को
शनिवार काभ्रेको धुलिखेलमा बीपी कोइरालाको सालिक अनावरण गर्दै उनले सत्ता सहकार्य गरेर दलहरूले जनताको पक्षमा काम गर्नुपर्ने बताए । सभापति देउवाले पार्टीलाई आगामी निर्वाचनमा कम्तीमा पहिलो पार्टी बनाउने गरी मेहनत गरेर जनताको पक्षमा खटिएर काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।
सभापति देउवाले संविधानमा समावेशी समानुपातिक सिस्टमका कारण कुनै एउटा पार्टीले बहुमत ल्याउने नसक्ने कठिन अवस्थामा पनि पार्टीलाई बहुमतमा पुर्याउने गरी कांग्रेसले मेहनतका साथ काम गर्नुपर्ने बताए ।


