काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको पार्टी मुख्यालय च्यासलमा सचिवालय बैठक सुरु भएको छ।
बैठकले पार्टीको वार्षिक कार्ययोजना पारित गर्ने बताइएको छ। बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने एमालेले जनाएको छ। त्यस्तै उपसभामुख इन्दिरा रानाको बारेमा पनि छलफल गरी पार्टीको धारणा बनाउने एमाले नेताहरूको भनाइ छ।
बैठकमा संविधान सभा अध्यक्ष स्वर्गीय सुवास नेम्वाङ केन्द्रीय स्मृति प्रतिष्ठान निर्माणको विषयमा पनि छलफल गर्ने कार्यसूची छ।


