काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पलाल स्मृति प्रतिष्ठान नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कब्जा गरेको आरोप लगाएका छन् ।
उनले आज स्वर्गीय सुवासचन्द्र नेम्वाङको प्रथम वार्षिक स्मृति सभालाई सम्बोधन गर्दै यस्तो आरोप लगाएका हुन् ।
पार्टी विभाजनपछि उक्त प्रतिष्ठान एमालेलाई छोड्नुपर्नेमा अहिलेसम्म खाली नगरेको भन्दै उनले असन्तुष्टि जनाए । उनले पुष्पलाल नभएर माधव नेपाल फुटेर गएको टिप्पणी गर्दै प्रतिष्ठान एमालेले नै पाउनुपर्ने जिकिर गरे ।
उनले स्वर्गीय सुवास नेम्वाङको नाममा नयाँ प्रतिष्ठान बनाउने बताए ।


